२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक



पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्न लागेको दसौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मञ्चले पोखरामा आज पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधाअन्तर्गत मनोनयनमा परेका ती खेलाडीको नाम सार्वजनिक गरेको हो । ‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह परेका छन् । त्यसैगरी ‘वर्ष उत्कृष्ट महिला खेलाडी’ विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङ परेका छन् ।

‘उदीयमान खेलाडी’ तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा परे भने ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी परेका छन् ।

हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले मनोनयनमा परेकाहरूको नामावली सार्वजनिक गरेका हुन् । मञ्चका अध्यक्ष एमबी आस्था मगरले विगत एक वर्ष अवधिमा खेलाडी तथा प्रशिक्षकले गरेको प्रदर्शनका आधारमा उत्कृष्टभित्र पर्नेको नाम सार्वजनिक गरिएको बताए । यसैगरी मञ्चले ‘वर्ष उत्कृष्ट खेल सङ्घ’का रूपमा कास्की जिल्ला क्रिकेट सङ्घ र ‘वर्ष उत्कृष्ट खेल पत्रकार’का रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ ।

यस वर्ष कुल नौ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत छन् । पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपिन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाथाईरआइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन् । मञ्चले गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डलाई निरन्तरता दिएको हो ।

मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एकरएक थान स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

“पोखरा स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै ब्राण्ड बनेको छ । खेलकुद क्षेत्रको विकासमा योगदान गर्नेहरुलाई अझ बढी उत्प्रेरित र प्रोत्साहित गर्नका लागि कार्यक्रमले योगदान पुग्नेछ”, मञ्चका अध्यक्ष मगरले भने ।

विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एपमार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउने मञ्चका महासचिव प्रशुराम शर्माले जानकारी दिए ।

विसं २०५७ मा कास्कीमा स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि नियमित रूपमा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ९ : २१ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा