२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

श्रममन्त्रीको सचिवालयमा रहेका मुस्तकिम मियाँ अपहरण र शरीर बन्धक आरोपमा पक्राउ



जनकपुरधाम । श्रममन्त्री रामजी यादवको सचिवालयमा कार्यरत सवारी चालक मुस्तकिम मियाँ अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिम मियाँलाई सोमबार पक्राउ गरिएको हो। उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत रहेका छन्।

प्रहरीका अनुसार पीडितले दिएको जाहेरीमा मुस्तकिमसहित केही व्यक्तिले जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेको, शरीर बन्धक बनाएर कुटपिट गरेको तथा नग्न बनाएर भिडियोसमेत खिचेको आरोप उल्लेख छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डम्बरबहादुर पुरी ले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

मियाँलाई मन्त्री यादवले २०८२ चैत २७ गते हलुका सवारी चालक पदमा नियुक्त गरेका थिए। नियुक्तिपत्रमा उनको नाम ‘मो। मुस्तकिम’ उल्लेख भए पनि प्रहरी अभिलेखमा ‘मुस्तकिम मियाँ’ नाम रहेको छ। दुवै नाम एउटै व्यक्तिको भएको स्रोतले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ०८ बजे

प्रतिनिधिसभामा भएको प्रतिनिधित्व “रगतले लेखिएको कथा” हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधामन्त्रीको स्वास्थ्य परीक्षण गरेर संसदलाई यथाशीघ्र जानकारी गराउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदेम्बेले संसदको

ईक्यान रुपन्देही र होटल पार्म इन्टरनेसनलबीच छुट सुविधा सम्बन्धी सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र होटल

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी

न्यायालय कब्जा गर्न सरकार उद्यत रहेको सांसद बलावती शर्माको आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले सरकारले