१६ भदौ २०८३, मंगलबार | September 1, 2026

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित



सिद्धार्थनगर । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताए ।

डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको उनले बताए । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका गुनासो उनले गरे ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे । समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएका उनको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएको भन्दै उनले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गरे ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ९ : १७ बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त