१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा



काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालकलाई आज नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शैक्षिक परामर्श केन्द्रहरूले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्वतयारी कक्षा, भाषा शिक्षणसम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुसन्धानमा उक्त गैरकानुनी कार्य गरेको फेला परेको हो । ती केन्द्रहरूले उच्च शिक्षाका लागि विदेश पठादिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी, गुनासो निवेदन परेकाले शिक्षा ऐन, २०२८ शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्थ सेवा तथा भाषा शिक्षण निर्देशिका, २०७३ मा उल्लेखित मापदण्डअनुसार दर्ता, नवीकरण नगरी विना इजाजत सेवा सञ्चालन गरिएको पाइएको कार्यालयले जनाएको छ ।

कार्यालयले आजै एक सूचना जारी गरी ती परामर्श केन्द्रहरूबाट ठगीमा परेको भए कार्यालयमा निवेदन दिन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १० : १४ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ