२२ असार २०८३, सोमबार | July 7, 2026

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन



भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्कबाट रु ४९ करोड ९७ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ७ : ४४ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ