७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका



गलकोट । बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ । कानुन शिक्षा प्रवद्र्धन गर्न नगरपालिकाले तीन वर्षदेखि वार्षिक २० जनाका दरले छात्रावृत्तिमा अध्यापन गराउँदै आएको छ ।

प्राविधिक तथा अन्य विषयलाई राज्यले समेत प्रोत्साहन गरिरहे पनि कानुन विषयलाई प्रोत्साहन नगरिएको र विद्यार्थीको रोजाइमा समेत नपर्ने गरेको भन्दै नगरपालिकाले यस्तो नीति अगाडि सारेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

सबै वर्ग, तह र तप्काका व्यक्तिको न्यायमा सहज र सरल पहुँच स्थापित गर्न कानुनका विद्यार्थी उत्पादनका लागि नगरपालिकाले कक्षा ११ र १२ मा २० विद्यार्थीलाई कानुन विषय पढाउँदै आएको उनले बताए । न्याय खोज्न अदालत मात्र जाने परिपाटीलाई हटाउन, स्थानीय तहको न्यायिक समितिप्रतिको पहुँच विस्तार गर्न सहयोग पुग्नेगरी त्यसरी अध्ययन गर्ने विद्यार्थीको सबै शुल्क नगरपालिकाले तिर्ने खड्काले बताए ।

यहाँका २० जनाले कानुन विषयमा निःशुल्क अध्ययन गरिरहेका छन् भने कक्षा ११ मा थप १० जनालाई भर्नाका लागि आवेदन मागिएको छ । “न्यान सम्पादनमा कानुनी विज्ञता भएका व्यक्तिको अभाव, कानुनप्रति विद्यार्थीको आकर्षण नहुनुलाई मध्यनजर गर्दै कानुन विषयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्थाका लागि तेस्रो वर्षका लागि विद्यार्थीलाई आवेदन माग गरिएको हो”, नगर उपप्रमुख खड्काले भने, “न्यायिक क्षेत्रको जनशक्ति उत्पादन मुख्य लक्ष्य हो । कानुनी ज्ञान अभावले धेरै जनताले दुःख पाइरहेको देखेर नगरपालिकाले विद्यार्थीलाई कानुन विषयमा आकर्षित गर्ने वातावरण तयार गरिएको छ ।”

बागलुङमा कानुन विषय अध्यापन गराइरहेको एक मात्र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयसँग एक वर्षमा कक्षा ११ र १२ का विद्यार्थी गरी १०-१० जनाको सम्पूर्ण शुल्क व्यहोर्ने गरी सम्झौता भएको छ । यस कार्यक्रमले विपन्न, जेहेन्दार, सहिद, घाइते, बेपत्ता परिवार, अल्पसङ्ख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति र दलित समुदायलाई विशेष प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ७ : ०९ बजे

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा – तीन दिनको पदमार्ग चार घण्टामा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा स् तीन दिनको

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट