काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा ३२ पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका कामीरिता शेर्पा शुक्रबार काठमाडौं आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शेर्पालाई भव्य स्वागत गरिएकोछ । उनको परिवार, आफन्त तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले भव्य स्वागत गरेका थिए। स्वागतका क्रममा उनलाई फूलमाला र खादा लगाएर सम्मान गरिएको थियो।
सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने विश्व कीर्तिमान अहिले कामिरिता शेर्पाकै नाममा रहेको छ। उनले यसपटकको सफल आरोहणसँगै आफ्नै पुरानो कीर्तिमानलाई पुनः तोडेका हुन्।
विमानस्थलमा उपस्थित पर्यटन व्यवसायी तथा आरोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले कामिरिताको उपलब्धिलाई नेपालको पर्वतीय पर्यटनका लागि गौरवपूर्ण क्षण भएको बताएका छन्।
लगातार नयाँ इतिहास रचिरहेका कामिरिता शेर्पाको सफलताले नेपाली पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन महत्वपूर्ण योगदान पुर्याएको उनीहरूको भनाइ छ।




















प्रतिक्रिया