३१ असार २०८३, बुधबार | July 15, 2026

कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने



काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ ।

पार्टीको आज बसेको संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो ।

बैठकको निर्णय बारे जानकारी दिँदै कांग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिका बारेमा छलफल भएको बताइन । उनले भनिन, “मुख्य गरी संसद्मा आगामी रणनीतिको सम्बन्धमा र भोलि प्रस्तुत हुने बजेटका सम्बन्धमा छलफल गर्यौँ, साथै हाम्रो संसदीय दलको कार्यसमितिमा केही पदहरू रिक्त थियो । त्यसलाई पूर्णता दिने विषयमा छलफल भयो ।”

बैठकमा संसद्का विषयगत समितिको सम्बन्धमा अध्ययन गर्नका लागि पार्टीका तर्फबाट संयोजक तोक्नेलगायत विषयमा छलफल भएको उनले बताइन। यसका साथै बैठकमा गणतन्त्र दिवसमा सरकार प्रमुखको सम्बोधन नहुने भन्ने सार्वजनिक भएको विषयका बारेमा छलफल भएको प्रमुख सचेतक थापाले जानकारी दिइन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ५ : २७ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत