४ आश्विन २०८३, आइतबार | September 20, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२ बजेका लागि बैठक बोलाइएको हो।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीको प्रभावकारी अनुगमनका लागि विभिन्न मन्त्रालयमा खटाइएका विभागीय संयोजकहरूसँग मन्त्रालयगत समीक्षा तथा छलफल गरिनेछ।

संयोजकहरूले मन्त्रिपरिषद्का निर्णय, मन्त्रालयका गतिविधि तथा सरकारका कार्यसम्पादनबारे नियमित अध्ययन, विश्लेषण र निगरानी गर्दै आएका छन्। बैठकमा उनीहरूले आफ्नो प्रतिवेदन र सुझाव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, संसदीय समितिहरूको पछिल्लो गतिविधि, संसदभित्र नेपाली कांग्रेसको भूमिका तथा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।

कांग्रेसले संसद र सरकार दुवै तहमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित बैठकमार्फत आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ११ : १४ बजे

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना