१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

बिटोभित्र पनि नक्कली नोट



काठमाडौं । दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ ।

यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि अनावश्यक तनाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउँछन् ।

बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएनन् । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए ।

बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरेस् नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र होस् नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउछन । नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ । उनका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ४८ बजे

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर

साउदी अरबमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली नागरिकलाई