९ असार २०८३, मंगलबार | June 23, 2026

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु



काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विस्फोटमा नेपालीसहित विभिन्न देशका नागरिक घाइते भएका छन् । घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिक गरी १३ जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइते हुनेहरूमा नेपाल, कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक रहेका छन् । उनीहरूको उपचार जारी रहेको भए पनि घाइतेहरूको नामावली सार्वजनिक गरिएको छैन ।

कतारका ऊर्जा मन्त्री साद अल-काबीले सोमबार मृत्यु र घाइतेहरूको विवरण सार्वजनिक गर्दै घटनालाई आक्रमण नभई दुर्घटना भएको बताएका छन् । उनले तोडफोड वा शत्रुतापूर्ण गतिविधिको कुनै संकेत नभएको स्पष्ट पारे ।

दोहास्थित भारतीय दूतावासले पनि रस लाफान घटनामा १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । दूतावासका अनुसार घाइते सबैको अवस्था स्थिर रहेको र उनीहरूले आवश्यक उपचार पाइरहेका छन् ।

विस्फोटको आवाज राजधानी दोहासम्म महसुस भएको थियो । प्रत्यक्षदर्शीहरूले घटनापछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ देखिएको बताएका छन् । आगलागी भने आइतबार राति नै नियन्त्रणमा लिइएको थियो ।

ऊर्जा मन्त्री अल-काबीका अनुसार घटनाले कतारको ग्यास निर्यात तथा स्थानीय आपूर्तिमा कुनै असर पारेको छैन । साथै, वातावरणमा पनि कुनै नकारात्मक प्रभाव नपरेको उनले बताएका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : ५३ बजे

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा