२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आईपीएल २०२० : चेन्नइलाई १० रनले पराजित गर्दै कोलकात्ता तेस्रो स्थानमा



एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ ।
चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

१ सय ६८ रनको लक्ष्य पच्छाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नइका सेन वाट्सनले ५०, आम्बाती रायुडुले ३०, रविन्द्र जडेजाले २१ तथा फाफ डु प्लेसिस र साम कुरानले समान १७ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । कोलकात्ताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान गरे ।

५१ बलको सामना गरेका त्रिपाठीले ३ छक्का र ८ चौकाको मद्धतमा ८१ रन बनाए । यस्तै, प्याट कमिन्सले नटआउट १७ रन बनाए । यसैगरी, सुनिल नारायनले १७, दिनेश कार्तिकले १२, सुभमन गिलले ११ रनको पारी खेले ।

चेन्नइका ड्वेन ब्राबोले ३ तथा साम कुरना, कर्ण शर्मा, शार्दूल ठाकुरले समान दुई/दुई विकेट लिए ।

पाँच खेलबाट ६ अंक जोड्दै कोलकात्ता तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नइ पाँचौं स्थानमा यथावत रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बइ इन्डियन्स रहेको छ ।

यस्तै, दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । तालिको पुछारमा पाँच खेलबाट २ अंक मात्र जोडेको किङ्स इलावेन पञ्जाव रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : ३२ बजे

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि