१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

आईपीएल २०२० : चेन्नइलाई १० रनले पराजित गर्दै कोलकात्ता तेस्रो स्थानमा



एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ ।
चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

१ सय ६८ रनको लक्ष्य पच्छाएको चेन्नइले निर्धारित २० ओभरमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नइका सेन वाट्सनले ५०, आम्बाती रायुडुले ३०, रविन्द्र जडेजाले २१ तथा फाफ डु प्लेसिस र साम कुरानले समान १७ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको कोलकात्ताले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो । कोलकात्ताका लागि राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान गरे ।

५१ बलको सामना गरेका त्रिपाठीले ३ छक्का र ८ चौकाको मद्धतमा ८१ रन बनाए । यस्तै, प्याट कमिन्सले नटआउट १७ रन बनाए । यसैगरी, सुनिल नारायनले १७, दिनेश कार्तिकले १२, सुभमन गिलले ११ रनको पारी खेले ।

चेन्नइका ड्वेन ब्राबोले ३ तथा साम कुरना, कर्ण शर्मा, शार्दूल ठाकुरले समान दुई/दुई विकेट लिए ।

पाँच खेलबाट ६ अंक जोड्दै कोलकात्ता तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नइ पाँचौं स्थानमा यथावत रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा मुम्बइ इन्डियन्स रहेको छ ।

यस्तै, दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । तालिको पुछारमा पाँच खेलबाट २ अंक मात्र जोडेको किङ्स इलावेन पञ्जाव रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : ३२ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका