८ भदौ २०८३, सोमबार | August 25, 2026

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन् ।

बुधबार राति करिब ८ बजे ढुङ्गा र माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको थियो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

उद्धार टोलीले गाडीभित्र फसेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याएको थियो । तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ८ : ०८ बजे

एकसाथ ४७ उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४७ उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था,

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना

उमेर नपुगेका बालिकाहरुलाई स्पाको काममा लगाउने ३ जना स्पा संचालक पक्राउ

नेपालगन्ज । उमेर नपुगेका बालबालिकाहरुलाई अबैध काममा लगाएको भन्दै नेपालगन्जमा