९ कार्तिक २०८३, सोमबार | October 26, 2026

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

बुधबार साँझ आयोजित समारोहमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताए ।

नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै उनले आगामी साउन ४ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पूरा हुने बताए ।

“नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका सन्दर्भमा यो वर्ष हाम्रो लागि विशेष छ । आगामी जुलाई २० मा हामी केवल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मात्र होइन, सद्भाव, पारस्परिक सम्मान र जनस्तरका सम्बन्धमा आधारित दीर्घकालीन मैत्रीका ७० वर्ष पूरा भएको अवसरसमेत मनाउँदैछौँ,” उनले भने ।

राजदूत सुरोभ्त्सेभले नेपाल र रुसबीच पारस्परिक विश्वास र समझदारीमा आधारित लामो तथा मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । साथै उनले आगामी दिनमा नेपाल–रुसबीचको मित्रता र सहकार्य अझ सुदृढ बन्दै जाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ३३ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री