१३ भदौ २०८३, शनिबार | August 29, 2026

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस जाँच गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको थियो ।

उक्त सामग्री युनिक कार्गोले एपेक्स लजिष्टिकमार्फत काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ । प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

प्रहरीले कार्गो बाकसबाट नौगेडी ठूलो २२ थान, सानो ४४ थान, २१ गेडी १४ थान, चन्द्रमा १६ थान, जन्तर २० थानलगायत सुनचाँदीको गरगहना बरामद गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १२ : ३६ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी