२४ भदौ २०८३, बुधबार | September 9, 2026

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु



धनगढी । डडेलधुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीदेखि दार्चुला जाँदै गरेको सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना भएको हो ।

जिल्लाका अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान भएको बोलेरो दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्।  मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल रहेका छन् ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ः०० बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो । स्थानीयले सो बारेमा जानकारी दिए लगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्‍याइएको थियो भने उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ७ : ४८ बजे

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय