४ श्रावण २०८३, सोमबार | July 20, 2026

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता



काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए।

संयोजक प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए । भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन मा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरे । उद्घाटन सत्रमा उहाँले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एशियाली जनआन्दोलनहरूको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । समापन सत्रमा उनले एशियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई अझ सुदृढ बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

भ्रमणका क्रममा संयोजक प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरम लाई विशेष अन्तर्वार्ता पनि दिनुभयो। उक्त अन्तर्वार्तामा उनले नेपालको शान्ति प्रक्रिया, जनयुद्धबाट लोकतान्त्रिक गणतन्त्रसम्मको राजनीतिक यात्रा, समकालीन विश्व राजनीतिमा वामपन्थी आन्दोलनका चुनौती तथा नेपालको समाजवादी रूपान्तरणको कार्यदिशाबारे विस्तृत धारणा व्यक्त गरेका थिए ।

श्रीलंका बसाइका क्रममा संयोजक प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरे । उनले श्रीलंकाको कम्युनिस्ट पार्टी का महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गरी नेपाल र श्रीलंकाबीचको कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य विस्तारका विषयमा विचार आदानप्रदान गरे ।

त्यसैगरी, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना का महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा दुई देशका कम्युनिस्ट आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति, दक्षिण एशियामा वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास तथा जनमुखी नीतिका अनुभवबारे विस्तृत छलफल भएको थियो। उक्त भेटमा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिबीच राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति व्यक्त गरिएको थियो।
भ्रमणका क्रममा संयोजक प्रचण्डले विभिन्न देशबाट सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै आपसी सम्बन्ध विस्तार गर्नुभएको थियो। सम्मेलनका क्रममा भएका छलफलहरूले एशियाली क्षेत्रका प्रगतिशील आन्दोलनहरूबीच सहकार्य र ऐक्यबद्धतालाई नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एशियाली वामपन्थी शक्तिहरूसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको पार्टीले जनाएको छ।

संयोजक प्रचण्ड आज बिहान श्रीलंकाबाट प्रस्थान गरी पूर्वनिर्धारित तालिकाअनुसार बिहान ११स्५५ बजे काठमाडौं आइपुगेका हुन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  २ : ०१ बजे

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री

पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगन्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको