५ श्रावण २०८३, मंगलबार | July 21, 2026

माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा जमरकटेल नियुक्त



काठमाडौ । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत  प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा तथा नायव महाप्रबन्धक  सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशक भन्दा बढिको अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता रहेको छ ।

अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही बैंकिङ क्षेत्रकै एक अनुभवी बैंकरका रूपमा परिचित छन् ।

वित्तिय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका जमरकटेल एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक तहको उपाधि हासिल गरेका छन् ।

साथै, उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् । अर्याल तथा जमरकटेल दुवै आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै बैंकिङ क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा रुपमा चिनिन्छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ९ : २५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान