५ श्रावण २०८३, मंगलबार | July 21, 2026

तयारी पोसाक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्रीले छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुन्छन् ।

त्यस अवसरमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् । त्यस अवसरमा उनीहरूले आफूहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका छन्।

छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका कतिपय विषयवस्तु र समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ११ : ०७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत