५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले विगत सात दशकमा दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको बताएका हुन्।

उनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न क्षेत्रमा नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएको जानकारी दिए ।

“नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा भएको लामो र निरन्तरको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,” पुनले भने, “नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पु¥याएको सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ ।”

उनले रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेसागत क्षेत्रमा नेपालका लागि महत्त्वपूर्ण योगदान पु-याएको बताए ।

उनले नेपाल–रुसबीच विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यको बलियो आधारलाई टेकेर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना औँल्याए ।

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यको सहकार्यलाई अझ मजबुत बनाउने अवसरसमेत भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ०० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं