९ कार्तिक २०८३, सोमबार | October 26, 2026

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।

नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले विगत सात दशकमा दुई देशबीच शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको बताएका हुन्।

उनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न क्षेत्रमा नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याएको जानकारी दिए ।

“नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा भएको लामो र निरन्तरको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,” पुनले भने, “नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पु¥याएको सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ ।”

उनले रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेसागत क्षेत्रमा नेपालका लागि महत्त्वपूर्ण योगदान पु-याएको बताए ।

उनले नेपाल–रुसबीच विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यको बलियो आधारलाई टेकेर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना औँल्याए ।

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यको सहकार्यलाई अझ मजबुत बनाउने अवसरसमेत भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ०० बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री