६ श्रावण २०८३, बुधबार | July 22, 2026

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले आज ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ । देशभर विभिन्न कार्यक्रममार्फत विपी कोइरालाको राजनीतिक, लोकतान्त्रिक तथा साहित्यिक योगदानको स्मरण गरिँदैछ ।

विसं २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका विपी कोइरालाको निधन विसं २०३९ साउन ६ गते भएको थियो। उनको जन्म विसं १९७१ भदौ २४ गते भएको हो ।

नेपालमा प्रजातन्त्र स्थापना र लोकतान्त्रिक आन्दोलनका प्रमुख अभियन्ता मानिने कोइरालाले नेपाली साहित्यमा पनि महत्वपूर्ण योगदान दिएका छन् । मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रूपमा परिचित उनका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यास चर्चित छन् । साथै ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ कथा सङ्ग्रह, ‘आत्मवृत्तान्त’, ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ जस्ता कृतिले नेपालको राजनीतिक इतिहास र तत्कालीन अवस्थालाई चित्रण गरेका छन् ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेपछि विपी कोइरालासहित शीर्ष नेताहरूलाई पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । पछि स्वास्थ्य उपचारका लागि रिहा भएका कोइरालाले भारतमा आठ वर्ष निर्वासन जीवन बिताए ।

विसं २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका विपी कोइरालाले लोकतन्त्र, राष्ट्रियता र मेलमिलापको पक्षमा निरन्तर संघर्ष गरेका थिए । आज पनि उनको योगदानलाई नेपाली राजनीतिक इतिहासमा लोकतन्त्र र बहुदलीय व्यवस्थाका लागि प्रेरणादायी रूपमा स्मरण गरिन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : २५ बजे

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय