४ कार्तिक २०८३, बुधबार | October 21, 2026

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ



बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका छन् । बुटवल उप-महानगरपालिका वडानं. ९ स्थित नयाँबसपार्क ईलाकाबाट आधुनिक रिभल्वर र गोलीसहित १ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ९ बस्ने २६ वर्षिय रेशम तुङसिङ मगर रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा बुटवल उप-महानगरपालिका वडानं. ९ स्थित नयाँबसपार्क ईलाकामा शंकास्पद रुपमा हिडडुल गरी रहेका तुङसिङ मगरलाई कानुन बमोजिम खानतलासी गर्दा निजको साथबाट रिभल्वरको गोली १ थान फेला परेको तथा प्रारम्भिक अनुसन्धान पश्चात उनको बासस्थानबाट रिभल्वर १ थान र त्यसमा लाग्ने थप गोली ५ थान बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दले बताए ।

पक्राउ परेका मगरलाई हातहतियार खरखजना मुद्धामा अदालतबाट आज ५ दिनको म्याद लिएर थप अनुसन्धानकार्य जारी रहेको डीएसपी चन्दले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ९ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि