२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न वामपन्थी दल तथा संगठनहरूले पनि पुष्पलालको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गर्ने भएका छन् ।

विसं १९८१ साल असार १५ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारी श्रेष्ठका माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख संस्थापक तथा वैचारिक नेताका रूपमा परिचित छन् । उनी प्रजातान्त्रिक योद्धा शहीद गङ्गालाल श्रेष्ठका भाइ पनि हुन् ।

पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । साथै, विभिन्न पुस्तक र लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषण गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गरेका थिए ।

विसं २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना गरेका पुष्पलालले त्यसअघि विसं १९९८ सालमा नेपाली प्रजातान्त्रिक सङ्घ गठनमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसलगायत लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै संयुक्त जनआन्दोलन सञ्चालन गर्नुपर्ने धारणा राख्ने पुष्पलालको उपचारका क्रममा विसं २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा निधन भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रूपमा उनको योगदान आज पनि स्मरण गरिन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ७ : ३६ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ