२ पुस २०८२, बुधबार | December 18, 2025

आईपीएल २०२० : बेङ्गलाेरकाे चाैथाे जित, चेन्नइ ३७ रनले पराजित



काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत रोयल च्यालेञ्जर्स बेङ्गलोर विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा बेङ्गलोरले चेन्नइ सुपर किङसलाई ३७ रनले पराजित गरेको हो ।

१ सय ७० रनको लक्ष्य पच्छाएको चेन्नइले मात्र १ सय ३२ रन बनाउन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएको चेन्नइका लागि अम्बाती रायुडुले ४२, एन जगदीसनले ३३, सेन वाट्सनले १४ तथा महेन्द्र सिंह धोनीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरमा रन जोड्न सकेन ।

बेङ्गलोरका क्रिस मोरिसले ३ तथा वासिङ्टन सुन्दरले २ विकेट लिए । यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो ।

बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक रन बनाए । उनले ५२ बलमा ४ छक्का र ४ चौकाको मद्धतमा नटआउट ९० रनको पारी खेले । यस्तै, देवदत्त पडिक्कलले ३३, शिभम दुबेले तथा वासिङटन सुन्दरले १० रनको योगदान दिए ।

चेन्नइका शार्दूल ठाकुरले २ तथा दीपक चाहर र साम कुरानले समान एक-एक विकेट लिए । चेन्नइमाथिको जितसँगै बेङ्गलोर चौथो स्थानमा उक्लिएको छ ।

६ खेलबाट चार खेलमा जित र दुई खेलमा हारसहित ८ अंक जोडेको बेङ्गलोर रनरेटको आधारमा चौथो स्थानमा रहेको हो । यस्तै, पराजित चेन्नइ छैटौं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल