२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना संक्रमणबाट एक हप्तामा १७ नेपालीको मृत्यु, साउदी अरबमा मात्रै १६ जना



लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यस्तै नेपालमा मात्र १ लाख ५ हजार ६ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । हालसम्म नेपालमा ६ सय १४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : १२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय