३१ श्रावण २०८३, आइतबार | August 16, 2026

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो



काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी भएपछि सेनाको स्काई ट्रकबाट धनगढी काठमाडौं ल्याइएको छ ।

दार्चुलाबाट बैतडीको गोठालापानी पुगेपछि मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट कैलालीको धनगढी ल्याइएको थियो । त्यसपछि धनगढीबाट नेपाली सेनाको स्काइट्रकमार्फत उनलाई काठमाडौं ल्याइएको हो।

मन्त्री लम्सालसहित भ्रमण टोलीका सदस्यहरूमा भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको बताइएको छ। स्वास्थ्य अवस्था भने चिन्ताजनक नरहेको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री लम्साल शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा थिए। उनले दार्चुला हुँदै बैतडी पुगेका थिए। शनिबार बेलुका उनी आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका थिए।

बैतडी र बझाङका विभिन्न स्थानमा राजमार्ग तथा अन्य पूर्वाधारको अवस्था निरीक्षण गर्ने मन्त्रीको कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या आएपछि हिँडडुल गर्न सक्ने अवस्था नरहेकाले निर्धारित कार्यक्रमहरू प्रभावित भएका छन्।

 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ५८ बजे

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।