३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो



काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी भएपछि सेनाको स्काई ट्रकबाट धनगढी काठमाडौं ल्याइएको छ ।

दार्चुलाबाट बैतडीको गोठालापानी पुगेपछि मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बैतडीबाट कैलालीको धनगढी ल्याइएको थियो । त्यसपछि धनगढीबाट नेपाली सेनाको स्काइट्रकमार्फत उनलाई काठमाडौं ल्याइएको हो।

मन्त्री लम्सालसहित भ्रमण टोलीका सदस्यहरूमा भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको बताइएको छ। स्वास्थ्य अवस्था भने चिन्ताजनक नरहेको मन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री लम्साल शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा थिए। उनले दार्चुला हुँदै बैतडी पुगेका थिए। शनिबार बेलुका उनी आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका थिए।

बैतडी र बझाङका विभिन्न स्थानमा राजमार्ग तथा अन्य पूर्वाधारको अवस्था निरीक्षण गर्ने मन्त्रीको कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या आएपछि हिँडडुल गर्न सक्ने अवस्था नरहेकाले निर्धारित कार्यक्रमहरू प्रभावित भएका छन्।

 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ५८ बजे

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले