९ भदौ २०८३, मंगलबार | August 26, 2026

प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने



नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय स्वरूप पत्रकारहरुलाई सहयोग पुगोस भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताए ।

‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भने, ‘रिर्पोटिंगका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’

स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताए । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति, युनियनका अग्रज नेतालगायतलाई आभार व्यक्त गरेको छ ।

यसैगरी नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी, प्रदेश र संघीय प्रतिनिधि परिषदलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तबाबू रेग्मी, युनियन लुम्बिनी प्रदेश महासचिव नविन गिरी, युनियनका पूूर्व केन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्व अध्यक्ष अर्जुन ओली, जयनारायण शाह, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमलगायतको उपस्थिति रहेको थियो ।

सो क्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले युनियन बाँकेले सर्वसम्मत कार्यसमिति चयन गरेर अन्य शाखालाई सकारात्मक सन्देश प्रवाह गरेको बताए । कार्यक्रमका अध्यक्ष प्रियास्मृत ढकालले आफुले सक्दो रचनात्मक कार्य गर्ने प्रयास गरेको बताए ।

उनले तीन वर्षीय कार्यकालका आफुलाई पनि धेरै कुराको सिकाई भएको बताउँँदै नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई पद हस्तान्तरण गरेका थिए । साथै उनले निर्वाचित टिमले अझ बढी रचनात्मक कार्य गर्न सकोस बनेर शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ९ : ३४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त