काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ। बाढीमा सयौँ व्यक्तिहरु परेका छन् सयौं नागरिकको शव फेला परे पनि सम्पर्कविहीन हुनेको संख्या ठूलो रहेको छ।
सम्पर्कविहिन भएकाहरुका परिवार आफन्तजनको खोजी, उद्धार र राहतको काम प्रभावकारी होस् भन्ने चाहिरहेका बेला सरकार मन्त्रीहरु भने एक भारतीय लेखकसँग पाँच तारे होटलमा भोज खाइरहेको फोटो सार्वजनिक भएको छ।
भारतीय लेखक तथा राजनीतिज्ञ शशि थरूर आफ्नो पुस्तक ‘म किन हिन्दू’ सार्वजनिक गर्न नेपाल आएको अवसरमा संघीय सरकारका अर्थमन्त्री थरुरसँग भोजमा रमाइरहेको फोटो सार्वजनिक भएको हो । उनको पुस्तक बुधबार नै सार्वजनिक भए पनि थरुर र उनसग् आएका टिमले नेपालका बिभिन्न व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् ।
थरुरलाई भेट्न अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, रास्वपा सभापति रवि लामिछानेसहितका पदाधिकारीहरु उनी बसेको होटलमा पुगेको स्रोतहरुले दाबी गरेको छ ।
थरुरले अर्थमन्त्री वाग्लेसँग रात्रिभोजमा सरिक हुँदै गर्दाको फोटो सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग प्रभावित भएँ। उहाँले आफ्नो देशका आर्थिक चुनौती र सम्भावनाबारे निकै गम्भीरतापूर्वक र विचारपूर्ण ढंगले कुरा गर्नुभयो। उहाँको मराठी नामबारे मलाई जिज्ञासा लागेको थियो। उहाँले आफ्ना पुर्खाहरू ८०० वर्षअघि महाराष्ट्रबाट नेपालमा बसाइँ सरेको बताउनुभयो। नयाँ नेपाल सरकारमा स्मार्ट, शिक्षित र व्यावसायिक व्यक्तिहरूको नयाँ पुस्ता जिम्मेवारीमा आएको छ। पेशाले अर्थशास्त्री रहेका वाग्ले त्यस पुस्ताका उत्कृष्ट प्रतिनिधि हुनुहुन्छ। दिनको अन्त्यमा उहाँसँगै रात्रिभोजमा सहभागी भएँ।’
त्यस्तै उनले परराष्ट्रमन्त्री खनालसँगको भेटको फोटो पनि एक्समा सार्वजनिक गर्दै भेटबारे चर्चा गरेका छन्। अन्तराष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदाससँग पनि भेट गरेको फोटो उनको सार्वजनिक गरेका छन् ।
देश बाढी प्रलयमा परेका बेला जिम्मेवार व्यक्तिहरु भोज, मनोरञ्जनमा लाग्नु अस्वभाविक भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अर्थमन्त्री वाग्लेको आलोचना गरेका छन् ।
Impressed by @SwarnimWagle, Nepal’s Finance Minister, who spoke thoughtfully about his country’s economic challenges and prospects. I was curious about his Maharashtrian name, and he explained his ancestors migrated to Nepal 800 years ago! There’s a new breed of smart, educated… pic.twitter.com/q2aFecRkQC
— Shashi Tharoor (@ShashiTharoor) August 28, 2026
















प्रतिक्रिया