५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नम्बर प्लेट स्पष्ट नभएको सवारी लिएर सडकमा निस्के ट्राफिक प्रहरीले नछाड्ने



काठमाडौं । तपाई नम्बर प्लेट स्पष्ट नभएको सवारी साधन चलाउदै हुनुहुन्छ भने अव कुनैपनि बेला ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको,नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई कारवाही गर्न थालेको छ ।

महानगरिय ट्राफिकले मंगलबार एकै दिनमा नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने,अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न यस्तो अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए ।

गत आइतबारदेखी अभियान थालेको ट्राफिक प्रहरीले हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट स्पष्ट लेख्न लगाईएको प्रहरीले जनाएको छ ।

यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९अनुसार ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

प्रवक्ता यादवले यस कारवाहि अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्नेबानीको बिकास समेत गर्ने ट्राफिक प्रहरीले अपेक्षा गरेको बताए।

सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ४० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं