१५ माघ २०८२, बिहिबार | January 30, 2026

नम्बर प्लेट स्पष्ट नभएको सवारी लिएर सडकमा निस्के ट्राफिक प्रहरीले नछाड्ने



काठमाडौं । तपाई नम्बर प्लेट स्पष्ट नभएको सवारी साधन चलाउदै हुनुहुन्छ भने अव कुनैपनि बेला ट्राफिक प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको,नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई कारवाही गर्न थालेको छ ।

महानगरिय ट्राफिकले मंगलबार एकै दिनमा नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने,अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न यस्तो अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए ।

गत आइतबारदेखी अभियान थालेको ट्राफिक प्रहरीले हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेट स्पष्ट लेख्न लगाईएको प्रहरीले जनाएको छ ।

यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९अनुसार ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

प्रवक्ता यादवले यस कारवाहि अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्नेबानीको बिकास समेत गर्ने ट्राफिक प्रहरीले अपेक्षा गरेको बताए।

सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पुर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ९ : ४० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला