२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा



वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका छन् ।

उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन्।

ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए । यसैबीच, हर्मुज जलघाँटीमा तनाव र यमनका इरानसमर्थित हुथी तथा साउदी अरबबीचको शत्रुताले कच्चा तेलको मूल्य प्रतिब्यारेल १०५.८८ अमेरिकी डलरसम्म पुगेको थियो ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि बढेको इन्धनको मूल्यप्रति अमेरिकी मतदाता असन्तुष्ट रहेको जनमत सर्वेक्षणले देखाएका छन् । युद्ध अन्त्य भएपछि मूल्य घट्ने ट्रम्पको दाबीले मतदातालाई आश्वस्त पार्न सकेको छैन ।

अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा बहुमत गुमाउन सक्ने जोखिम छ । डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत पाए आफूले तेस्रो महाभियोग सामना गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका थिए।

इरानले लस एन्जलस र सान डियागोमा आक्रमण गर्न सक्ने आशयको अभिव्यक्तिलाई लिएर भएको आलोचनापछि ट्रम्पले सञ्चारमाध्यमले आफ्नो भनाइको गलत व्याख्या गरेको आरोप लगाए । इरानसँग आणविक हतियार नभएको अवस्थामा पेट्रोलको मूल्यमा भएको अस्थायी वृद्धि सानो मूल्य भएको उनले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ११ : ०६ बजे

नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा सात एजेन्डामा छलफल हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो

नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ अनुपस्थित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा

कक्रोच जनता पार्टीको आन्दोलन चर्कियो, दिल्लीमा २० हजारभन्दा बढी प्रहरी तैनाथ

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टीले फेरि