२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

वातावरण संरक्षणको सन्देशसहित रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको ‘मास मार्च’



बुटवल । वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा कलेजका विद्यार्थीहरूले वातावरणीय जनचेतनामूलक ‘मास मार्च’ गरेका छन् ।

रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको आयोजनामा बिहीबार भएको मार्चमा विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीहरूले वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवर्द्धनसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर जनचेतनामूलक मार्च गरेका थिए ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको मार्च बुटवल अस्पताल लाइन हुँदै पुनः चौराहामा पुगेर समापन गरिएको थियो । मार्चमा सहभागी विद्यार्थीहरूले वातावरण जोगाउनुपर्ने, सार्वजनिक स्थानमा फोहोर नगर्नुपर्ने तथा स्वच्छ र हराभरा वातावरण निर्माणमा सबैको भूमिका हुनुपर्ने सन्देश दिएका थिए ।

कार्यक्रमको अध्यक्षमा रोट्रयाक्टर निरुता खनाल र सचिवमा रोट्रयाक्टर सुदीप मरासिनी रहेका थिए । कार्यक्रमको होस्ट क्लब रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेज रहेको थियो ।

त्यस्तै, रोट्रयाक्ट क्लब अफ मणिग्राम, रोट्रयाक्ट क्लब अफ देवदह मेडिकल कलेज, रोट्रयाक्ट क्लब अफ तिनाउ बुटवल, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी र रोट्रयाक्ट क्लब अफ राममरी मल्टिपल क्याम्पस को–होस्ट क्लबका रूपमा सहभागी थिए ।

विद्यार्थीको सहभागितामा गरिएको मार्चले वातावरण संरक्षणलाई व्यवहारमा उतार्नुपर्ने र वातावरणीय विषयमा युवापुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १० : २९ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ५०० ले

कांग्रेस १५ औँ महाधिवेशन : मतदान दिउँसो १ बजेको लागि सर्‍याे

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

वातावरण संरक्षणको सन्देशसहित रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनल कलेजको ‘मास मार्च’

बुटवल । वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा