२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल २०२० : को शीर्ष स्थानमा मुम्बई, कोलकाता ८ विकेटले पराजित



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।

मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए । कोलकातालाई हराएसँगै मुम्बई ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।

कोलकाताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ३९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय