ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका–१३, कुसुन्ती हाइटस्थित चक्रपथमा लिफ्टसहितको आकाशेपुल निर्माण गरिरहेको छ।
करिब ४ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुल अन्तिम चरणमा पुगेको छ।
व्यस्त चक्रपथमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो।
पुलको दुवैतर्फ लिफ्टको व्यवस्था गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ।
निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि कुसुन्ती तथा आसपासका क्षेत्रका पैदलयात्रीलाई सुरक्षित आवागमनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
सबै तस्बिर : घनश्याम श्रेष्ठ रासस






















प्रतिक्रिया