१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन



बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन् ।

हेटौँडाको पहिचानका रुपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए ।

दसैँको बिदामा हरेक वर्ष पर्यटकहरूको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टिकाको दिन पछि कोजाग्रत पूर्णिमासम्म दैनिक दुई हजारभन्दा बढी पर्यटकहरू स्मारकमा आउने गरेको जानकारी दिए ।

एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको सहिद स्तम्भदेखि यहाँ रहेका मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना आदि प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

त्यस्तै विभिन्न जनावरहरू रहेको मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क आदिले यहाँको आकर्षण बढाएका छन् ।

दसैँ बिदाको समयमा आउने पर्यटकलाई लक्षित गरी विजयादशमीका दिन पनि स्मारक खुला हुने जानकारी दिँदै लेखा अधिकृत बिडारीले वर्षको ३६५ दिन नै स्मारक खुल्ने गरेको जानकारी दिए । दसैँ बिदा अवधिमा पर्यटकले प्रवेशबापत काटेको टिकटबाट रु नौ लाख ३७ हजार ८६५ आम्दानी भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ७ : ४९ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको