२२ भदौ २०८३, सोमबार | September 7, 2026

अष्ट्रेलियाको ब्रिसवनमा सुदुरपश्चिम समाज गठन, दशैंको अवसरमा शुभकामना आदानप्रदान



ब्रिसबन । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पर्ने अष्ट्रेलियाकै तेस्रो ठुलो सहर मानिने ब्रिसवनमा ‘सुदुरपश्चिम समाज’ समिति गठन भएको छ ।

नेपालीहरुको महानपर्व विजयादशमीको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै ब्रिसवनको कङारु पोइन्टमा भेला भएका सुदुरपश्चिमेलीहरुले सरोज सिंह ठकुरीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेका छन् । समितिले क्विन्सल्याण्ड राज्यभर छरिएका रहेका सुदुरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ ।

सोमबार गठनभएको यस समितिले गैरराजनीतिक रुपमा नेपालबाट अष्ट्रेलिया आउने नयाँ नेपाली विद्यार्थीहरुलाई सुरुवाती दिनमा पर्ने अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने उद्देश्य लिएको छ ।

यस्तै, विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने, भैपरिआउने समस्याहरुमा सहयोग गर्ने, सुदुरपश्चिमको विकासमा आवश्यक सहयोग गर्ने, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी सुदुरपश्चिमेली भाषा, कलासंस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने समेत उदेश्य लिएको छ ।

सोमबार राज्यका विभिन्न ठाँउबाट भेला भएका युवाले नेपालीको महान् पर्व विजयादशमीको अवसरमा शुभकामना साटासाट गर्दै भरपुर मनोरञ्जन गरेका छन् ।

विश्वका विभिन्न मुलुकमा गठन भएर निकै उदाहरणीय कार्यहरु गर्दै आईरहेको यस संस्था क्विन्सल्याण्ड ब्रिसवनमा समेत गठन हुँदा प्रवासी सुदुरपश्चिमेली निकै उत्साहित बनेका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचीवमा सुरेश शाही, सचिवमा हेमन्त न्यौपाने, सहसचिवमा वरुण सिंह ठकुरी, कोषाध्यक्षमा वलेन्द्र भट्ट रहेका छन् ।

यसैगरी, सदस्यहरुमा नवीन भट्ट, तेज ओझा, मुकुन्द पन्त, प्रकाश मिश्र, सरोज भट्ट, सागर गैरे, भुपेश चौधरी, आशिक खड्का, भरत थापा, विकास साही, सन्तोष रावल रहेका छन् । साथै, सल्लाहकार समितिमा स्वतन्त्र प्रताप शाह, गोविन्द भट्टराई, र चित्रराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ०२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा