३ पुस २०८२, बिहिबार | December 18, 2025

अष्ट्रेलियाको ब्रिसवनमा सुदुरपश्चिम समाज गठन, दशैंको अवसरमा शुभकामना आदानप्रदान



ब्रिसबन । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा पर्ने अष्ट्रेलियाकै तेस्रो ठुलो सहर मानिने ब्रिसवनमा ‘सुदुरपश्चिम समाज’ समिति गठन भएको छ ।

नेपालीहरुको महानपर्व विजयादशमीको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै ब्रिसवनको कङारु पोइन्टमा भेला भएका सुदुरपश्चिमेलीहरुले सरोज सिंह ठकुरीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेका छन् । समितिले क्विन्सल्याण्ड राज्यभर छरिएका रहेका सुदुरपश्चिमेलीहरुको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ ।

सोमबार गठनभएको यस समितिले गैरराजनीतिक रुपमा नेपालबाट अष्ट्रेलिया आउने नयाँ नेपाली विद्यार्थीहरुलाई सुरुवाती दिनमा पर्ने अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने उद्देश्य लिएको छ ।

यस्तै, विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने, भैपरिआउने समस्याहरुमा सहयोग गर्ने, सुदुरपश्चिमको विकासमा आवश्यक सहयोग गर्ने, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी सुदुरपश्चिमेली भाषा, कलासंस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने समेत उदेश्य लिएको छ ।

सोमबार राज्यका विभिन्न ठाँउबाट भेला भएका युवाले नेपालीको महान् पर्व विजयादशमीको अवसरमा शुभकामना साटासाट गर्दै भरपुर मनोरञ्जन गरेका छन् ।

विश्वका विभिन्न मुलुकमा गठन भएर निकै उदाहरणीय कार्यहरु गर्दै आईरहेको यस संस्था क्विन्सल्याण्ड ब्रिसवनमा समेत गठन हुँदा प्रवासी सुदुरपश्चिमेली निकै उत्साहित बनेका छन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दत्त भट्ट, उपाध्यक्षमा नवीन शाही, महासचीवमा सुरेश शाही, सचिवमा हेमन्त न्यौपाने, सहसचिवमा वरुण सिंह ठकुरी, कोषाध्यक्षमा वलेन्द्र भट्ट रहेका छन् ।

यसैगरी, सदस्यहरुमा नवीन भट्ट, तेज ओझा, मुकुन्द पन्त, प्रकाश मिश्र, सरोज भट्ट, सागर गैरे, भुपेश चौधरी, आशिक खड्का, भरत थापा, विकास साही, सन्तोष रावल रहेका छन् । साथै, सल्लाहकार समितिमा स्वतन्त्र प्रताप शाह, गोविन्द भट्टराई, र चित्रराज भट्ट रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ०२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका