२ पुस २०८२, बुधबार | December 18, 2025

आईपीएल २०२० : राजस्थानको चौथो जित, चेन्नई ७ विकेटले पराजित



काठमाडौं । १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत खेलमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै राजस्थान रोयल्सले आईपीएल क्रिकेटको चौथो जित निकालेको छ ।

यूएईमा जारी सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए ।

चेन्नईका दीपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।

राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १र१ विकेट लिए । जितसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जीवितै रहेको छ ।

राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : ०५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल