११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बीमा भुक्तानीका लागि पीसीआरको नक्कली पोजिटीभ रिपोर्ट बनाएको आरोपमा अस्पतालका ३ जना कर्मचारी पक्राउ



नेपालगञ्ज । कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई पनि पीसिआर रिपोर्ट पोजेटिभ बनाउँदै बेच्दै गरेको आरोपमा नेपालगन्जको भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार मध्यान्ह अस्पतालमा छापा मारेर नेगेटिभ पीसिआर रिर्पोटलाई पोजेटिभ बनाउन संलग्न रहेको आरोपमा अस्पतालका सुरक्षा गार्ड सहित २ जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरक्षा गार्ड विवेक अधिकारी र कार्यालय सहयोगी बद्री खनाल र वासुदेव जोशी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पीसीआर परीक्षणका लागि गरिने सिफारिस पत्रमा किर्ते गरेको सुचनाका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

कोरोना बीमा भुक्तानीका लागि नगेटिभ रिपोर्टलाई कर्मचारीको मिलेमतोमा पोजेटिभ बनाउने गरिएको आशंका गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ०७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि