१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमण मुक्त



नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो सहित कूल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १२१ पुगेको छ ।

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार २९४ रहेको छ । विगत २४ घण्टामा ५ हजार ३६३ जना कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वद्र्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा भारतको ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताउनु भएको छ ।

उहाँले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्रीहरु, स्वास्थ्य मन्त्रीहरु र प्रमुख सचिवहरुसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणका बारेमा विचारविमर्श गर्नु भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  १ : २३ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा