११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ट्राफिक सचेतना अव यूट्यूव च्यानलबाट पनि, ट्राफिक नियमका लागि दिए बरिष्ठ कलाकारले आवाज(भिडियो सहित)



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन यूट्यूव भिडियो पनि सार्वजानिक गरेको छ ।

ट्राफिक नियमका बिषयमा फरक फरक स्लोगनमा आवाज रेकर्ड गरिएको उक्त यूट्यूव भिडियोमा ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी, सामाजिक अभियान्ताहरू योङजोम शेर्पा र राधा पोख्रेलले आवाज दिएका छन् । यूट्यूव भिडियोमा सरोज वलीको ‘रातोमा वत्तीमा रोकिने’ बोलको गीत समेत समावेश गरिएको छ ।

ट्राफिक नियमको सचेतनाका लागि तयार पारिएको उक्त भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालको परिकल्पनामा गायक सरोज ओली र डिएसपी जयशङ्कर शर्माले स्लोगन तयार पारेको महानगरिय ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

आम नागरिक, पैदलयात्री, चालकवर्ग लगायत आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सिकाई सडक सभ्यता अभिबृद्धि गर्न भिडियो निर्माण गरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले सांगीतिक डमी अभियान शुरू भएको एक हप्तामै १२ हजार ५३१ जना सांगीतिक डमीको जनचेतनाबाट लाभान्वित भएको महाशाखाले दाबी गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ४६ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको