३ पुस २०८२, बिहिबार | December 18, 2025

कोरोनाबाट भारतमा थप ८ जना नेपालीको निधन



लण्डन । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझ सम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ। शनिवार साँझ सम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ४६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन