२१ भदौ २०८३, आइतबार | September 6, 2026

पर्यटक भिसासम्बन्धी नियम खुकुलो बनाईँदै



काठमाडौं । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धी केही नियमलाई खुकुलो बनाउने भएको छ ।

भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाउने भएको हो ।

विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धी काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने गृहमन्त्री थापाले जनाए ।

अध्यागमन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ । अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गनए विधेयक ल्याएको हो ।

नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ । विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ४ : ०८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका