२ चैत्र २०८२, सोमबार | March 16, 2026

सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा १५ श्ययाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भने, ‘‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा हुने हुँदा गाउँमा नटिक्ने भएकाले प्रदेश सरकार र स्थानीय पालिकाले थप सुविधा दिएर भए पनि गाउँमै डाक्टर राख्ने वातावरण बनाए ।”

गाउँगाउँका अस्पतालमा चिकित्सकहरु नबस्दा ग्रामीण भेगका स्थानीयवासीले शहरका महङ्गा अस्पतालसम्म पुगेर उपचार गर्न बाध्य हुँदै आएको र यसको अन्त्य गरिने उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले भने, “नागरिकलाई आधारभूत सेवा पु¥याउन तीनवटै सरकार लागिपरेका छन् । यतिमात्र नभई शिक्षा, सडक, खानेपानीलगायतका विकास सरकारले गाउँगाउँमा समेत गरिरहेकाले यस्ता सेवा उपलब्ध हुँदा बसाइँ सराइसमेत रोकिनेछ ।” भवन निर्माणसँगै अस्पताललाई स्वास्थ्य उपकरणले भरिपूर्ण बनाउनुपर्ने भएकाले तीनै सरकारको यसमा ध्यान केन्द्रित छ । मुख्यमन्त्रीले भने, “भवनमात्र भएर हुँदैन आवश्यक उपकरण र डाक्टर अनिवार्य हुन्छ ।”

त्यस्तै मुख्यमन्त्री गुरुङले गिलुङमा सो अस्पताल सम्पन्न भएपछि प्रदेश सरकारका तर्फबाट एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ८ : २७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित