२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

१० वर्ष अघि फेला परेको बाँकेको महेशपुरमा सशस्त्र प्रहरीको बीओपी भवन शिलान्यास



बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने १० वर्ष अगाडी भेटिएको सिमावर्ती क्षेत्र महेशपुरमा सशस्त्र प्रहरी बलको बिओपी भवन शिलान्यास गरिएको छ ।

नेपाल–भारत सिमा अन्तर्गत पर्ने उक्त ठाउँमा बिओपी स्थापनाका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले भवन शिलान्यास गरेका छन् । भवनन शिलान्यास कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थारुले जनताले अहिलेसम्म सिमा स्तम्भको सुरक्षा गर्दै आएकोमा अब सुरक्षाकर्मीसँग मिलेर सुरक्षा गर्नुपर्ने बताए । उनले सिमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरु आफ्नो राष्ट्र र राष्ट्रियता प्रति बफादार रहेको स्पष्ट पारे ।

सशस्त्र प्रहरी बल सम्शेरगन्जका शसस्त्र प्रहरी नायव उपरिक्षक जनकराज पन्तले उक्त भवनलाई सशस्त्र प्रहरीले चाडै प्रयोग गरेर शान्ति, सुरक्षामा खटिने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त ठाउँमा सशस्त्र प्रहरी बलको बिओपी राख्नका लागि यसअघि जनप्रतिनिधी, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधी तथा सञ्चारकर्मीको एक सर्बपक्षिय टोली स्थलगत निरीक्षण गर्न त्यहाँ पुगेको थियो ।

उक्त ठाउँ बाँकेको अति दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । १० वर्ष अगाडीमात्र महेशपुर सहित त्यस स्थानका १० गाँउ नेपाली भूमिमा पर्ने खुलासा भएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : २३ बजे

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा