२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गोरु तस्करीको जालो चिर्दै रुपन्देही प्रहरी



बुटवल । रुपन्देही प्रहरीले अबैधरुपमा भईरहेको गोरुको तस्करी बिरुद्ध हस्तक्षप गरेको छ । लामो समयदेखि चल्दै आएको अबैध गोरु तसकरीको जालो चिर्दै रुपन्देही प्रहरीले एकै दिन ५ वटा ट्रकमा ओसारपसार भईरहेको १२१ गोरु सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

पश्चिमबाट पूर्व तर्फ लैजाँदै गरिएको गोरु सहितको ट्रक प्रहरीको बिशेष टोलिले बुटवल उपमहानगरको अस्पताल लाईनबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिईएको ट्रक, र ट्रकमा रहेका १२१ गोरु तथा ट्रक चालकलाई आवश्यक अनुसन्धान एवम कारबाहीको लागी पशु क्वारेम टाईम भैरहवा मा पठाईएको छ । प्रहरीले गोरु तस्करीमा संलग्न भएको आरोपमा बारा निजगढका गणेश पौडेल, जितपुर सिमराका तिलक बहादुर जिम्बा, निजगढ ९ का शम्भु भट्टराई, मकवानपुर हेटौडाका लक्ष्मण दनै तथा निजगढ ९ कै नवराज कार्की रहेका छन् ।

लामो समयदेखि पूर्व पश्चिम राजमार्गमा गोरुको तस्करी चलिरहेको गुनासो आएपनि यति ठूलो अनुपातमा गोरु सहित तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको यो नै पहिलो भएको प्रहरीले दाबी गरेको छ ।

नेपालबाट तस्करी गरिएको गाई गोरु बंगलादेश र भुटान पठाउने गरिएको छ । भारतमा समेत गाईगोरुको मासु लुकाई छिपाई बेच्ने गरिएको छ । तस्करहरुले भारतबाट भन्सार छलेर ल्याएका गोरु नेपाली किसानसँग किनेको नक्कली कागजात बनाई बंगलादेश र भुटान पुर्याउने गरेका छन् ।

नेपाल र भारतमा कानुनले नै गाईगोरु निषेध गरेको छ । त्यसैले पनि गाइगोरु तेस्रो मुलुक लैजान भारतीय तस्करले नेपालको बाटो प्रयोग गर्न थालेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : १० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार