२० भदौ २०८३, शनिबार | September 5, 2026

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठलाई



काठमाडौं । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले हात पारेकी छिन् । हिडेन ट्रेजरले काठमाडौमा आयोजना गरेको मिस नेपाल प्रतियोगितामा २१ जना प्रतियोगीलाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज हात पारेकी हुन्। मिस नेपाल घोषणा भएसँगै उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज लगाईदिएकी थिईन् ।

आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनुहुनेछ । मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाएकी छन् । उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार पाएका छन् ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राना हुन् । नेपालमा यो वर्ष गरिएको प्रतियोगिता मिस नेपालको २५औँ सृङ्खला हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले हुनसकेको थिएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तामिल र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगिलाई तालिम प्रदान गरिएको जानकारी दिए ।

प्रतियोगितामा २५० जनाले आवेदन आएको ती मध्य २१ जनालाई मात्र छनोट गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा मिस टुरिजमको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि नगद रु २५ हजार रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ५६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा