२० माघ २०८२, मंगलबार | February 3, 2026

रुपन्देही प्रहरीको नजर फेरिपनि गोरुकै पछाडि !



बुटवल । रुपन्देही प्रहरीले विगत ३ दिनदेखि लगातार अवैध गोरु नियन्त्रणमा लिँदै आएको छ । प्रहरीले आजमात्र रुपन्देहीको केहि नाकाबाट भारत निकासी गर्न लागिएको अवस्थामा पटक पटक गरी ५५ वटा गोरु, गोरू निकासीका लागि प्रयोग भएको ट्रक र ट्रकको चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार रुपन्देही देवदह नगरपालिका ११ शंकरपुरमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना.६ख.३८६१ नम्बरको ट्रकमा अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालक समेतलाई नियन्त्रणमा लिएको छ । आजै रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ लोखडियामा पश्चिमबाट पुर्वतर्फ अबैध रुपमा लैजादै गरेको लु १ ख ९८९५नम्बरको ट्रकमा २८ गोटा गोरुसहित ट्रक, त्यसको चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालक र सहचालकसहित ट्रक तथा नियन्त्रणमा लिईएको गोरुलाई थप कारवाही तथा अनुसन्धानका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ५७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको