१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रुपन्देही प्रहरीको नजर फेरिपनि गोरुकै पछाडि !



बुटवल । रुपन्देही प्रहरीले विगत ३ दिनदेखि लगातार अवैध गोरु नियन्त्रणमा लिँदै आएको छ । प्रहरीले आजमात्र रुपन्देहीको केहि नाकाबाट भारत निकासी गर्न लागिएको अवस्थामा पटक पटक गरी ५५ वटा गोरु, गोरू निकासीका लागि प्रयोग भएको ट्रक र ट्रकको चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार रुपन्देही देवदह नगरपालिका ११ शंकरपुरमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ना.६ख.३८६१ नम्बरको ट्रकमा अबैध रुपमा नेपाल बाट भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालक समेतलाई नियन्त्रणमा लिएको छ । आजै रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ लोखडियामा पश्चिमबाट पुर्वतर्फ अबैध रुपमा लैजादै गरेको लु १ ख ९८९५नम्बरको ट्रकमा २८ गोटा गोरुसहित ट्रक, त्यसको चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालक र सहचालकसहित ट्रक तथा नियन्त्रणमा लिईएको गोरुलाई थप कारवाही तथा अनुसन्धानका लागि पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले