६ बैशाख २०८१, बिहिबार | April 19, 2024

‘घुस’ खान नमान्ने २२ ट्राफिक प्रहरी नगद सहित पुरस्कृत



काठमाडौँ । सेवाग्रहीले घुस दिन खोज्दा घुस दिन खोज्ने सेवाग्रहीलाई कानुनी दायरामा ल्याउने २२ जना बिभिन्न पदका ट्राफिक प्रहरी कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको छ । ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा कार्यरत कार्यरत २२ जना ट्राफिक प्रहरीलाई घुस अस्विाकर गरेको भन्दै महाशाखाले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक,४ जना प्रहरी हवल्दार तथा १६ जना प्रहरी जवान रहेका छन् । पुरस्कृत प्रहरी कर्मचारीले कुनै पनि प्रकारको प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कानूनी कारवहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरी सङ्गठनको छवि समेत उच्च राख्ने काम गरेका कारण पुरस्कृत गरिएको महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले बताए ।

त्यसैगरि सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मिति र समयमा हराएका २२ वटा सवारी साधनहरु खोजतलास गरी फेलापारी सम्बन्धीत धनीलाई बुझाएको पनि भट्टराईले जानकारी दिए । एसएसपी भट्टराईका अनुसार ट्राफिक प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ११ जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उपत्यकाका बिभिन्न प्रहरी कार्यालयमा बुझाएको छ ।

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, “एकै छिन हो” भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न भट्टराईले सवारी चालहलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ४८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी