२८ भदौ २०८३, आइतबार | September 13, 2026

‘घुस’ खान नमान्ने २२ ट्राफिक प्रहरी नगद सहित पुरस्कृत



काठमाडौँ । सेवाग्रहीले घुस दिन खोज्दा घुस दिन खोज्ने सेवाग्रहीलाई कानुनी दायरामा ल्याउने २२ जना बिभिन्न पदका ट्राफिक प्रहरी कर्मचारीहरुलाई नगद सहित सम्मान गरिएको छ । ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा कार्यरत कार्यरत २२ जना ट्राफिक प्रहरीलाई घुस अस्विाकर गरेको भन्दै महाशाखाले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी सहायक निरीक्षक,४ जना प्रहरी हवल्दार तथा १६ जना प्रहरी जवान रहेका छन् । पुरस्कृत प्रहरी कर्मचारीले कुनै पनि प्रकारको प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कानूनी कारवहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरी सङ्गठनको छवि समेत उच्च राख्ने काम गरेका कारण पुरस्कृत गरिएको महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले बताए ।

त्यसैगरि सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मिति र समयमा हराएका २२ वटा सवारी साधनहरु खोजतलास गरी फेलापारी सम्बन्धीत धनीलाई बुझाएको पनि भट्टराईले जानकारी दिए । एसएसपी भट्टराईका अनुसार ट्राफिक प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ११ जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उपत्यकाका बिभिन्न प्रहरी कार्यालयमा बुझाएको छ ।

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, “एकै छिन हो” भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न भट्टराईले सवारी चालहलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ४८ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू