१ पुस २०८२, मंगलबार | December 16, 2025

सोमबार थपिए ७४२ थप कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

देशैभरीका कोरोना परीक्षण केन्द्रहरुमा ६३५१ जनामा पीसीआर परीक्षण गरिएकोमा ४४८ पुरुष र २९४ जना महिला गरी ७४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०७९ रहेको छ । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७९७६ रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्थ्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७९५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३११ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज