१५ माघ २०८२, बिहिबार | January 29, 2026

कालिका मानवज्ञान माविले मनायो ६० औं वार्षिक उत्सव, उत्कृष्ट पत्रकारिताबाट परियार र देवकोटा पुरस्कृत



बुटवल । सामुदायिक विद्यालयतर्फ उत्कृष्ट बुटवल स्थित कालिका मानवज्ञान माविले ६० औं वार्षिकउत्सव विविध कार्यक्रम गरि मनाएको छ ।

कोभिडका कारण मंगलबार विद्यालय परिसरमा सिमित संख्याको उपस्थितीमा विभिन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरि वार्षिकउत्सव मनाएको हो ।

वार्षिक उत्सवका अवसरमा शिक्षा क्षेत्रमा कलम चलाए वापत दुई जना पत्रकार पुरस्कृत भएका छन् । पत्रकार विनोद परियार र झन्विद्र देवकोटा पुरस्कृत भएका छन् । भिमबहादुर फूलमायाँ श्रेष्ठ अक्षयकोषद्धारा स्थापित शिक्षा क्षेत्रमा कलम चलाए वापत नगद र सम्मानपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

रेडियो जागरण, नागरिक दैनिक र खस्यौली साप्ताहिकमा आबद्ध परियार भिमबहादुर फूलमायाँ श्रेष्ठ अक्षयकोषद्धारा स्थापित पुरस्कारबाट पुरस्कृत भएका हुन ।

तिलोत्तमा दैनिक र बुटवल एफएममा कार्यरत पत्रकार देवकोटा स्व. अरुण पौडेल स्मृति अक्षयकोषद्धारा स्थापित पुरस्कारबाट पुरस्कृत भएको विद्यालयले जनाएको छ ।

नतिजा र शैक्षिक गुणस्तरमा अब्बल विद्यालयले पत्रकारिताको विकासमा योगदान गर्ने उदेश्यले प्रत्येक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले बताए ।

यसअघि पत्रकारिता पुरस्कारबाट पत्रकारहरु दीपक ज्ञवाली, शेर बहादुर केसी, महेन्द्र थापा, अमृता अनमोल, कृष्ण मल्ल, भगवती पाण्डे, टिआर शर्मा, स्वस्तिक श्रेष्ठ, कपिल ज्ञवाली, तेजेन्द्र केसी, प्रकाश आचार्य, कृष्ण खनाल लगायत २० जना सम्मानित भएका थिए । वार्षिक उत्सवका अवसरमा अक्षयकोषबाट १ सय ४४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ ।

यसका साथै दीर्घ सेवा शिक्षकबाट सरस्वती थापा, उत्कृष्ट वर्ष शिक्षकबाट अमृता घिमिरे सम्मानित भए । यसका साथै शिक्षक कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख गोमादेवि आचार्यले सिपयुक्त जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन आग्रह गरिन । उनले वुटवल उपमहानगरले सिपयुक्त जनशक्ति उत्पादनका लागि उद्यमशिलता तालिम सञ्चालन र प्राविधिक शिक्षालाई प्रोत्साहन गरेको बताईन ।

कार्यक्रममा प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक टिकाराम अर्याल, प्रदेश परीक्षा शाखा प्रमुख रमाकान्त तिवारी, प्याप्सनका सल्लाहाकार लोकनाथ उपाध्याय, विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्दै कोभिडले विद्यालय क्षेत्र प्रभावित बनेकाले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्नुको विकल्प नभएको बताए ।

२०१८ सालमा स्थापना भएको यो विद्यालय २०७५ सालमा मानवज्ञान माविसँग मर्जर भएपछि कालिका मानवज्ञान भएको हो । यहाँ ६ हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ४ : ५३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण