१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भीरमाहुरीको महबाटै जीविकोपार्जन



भजनी । सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आएका छन् । उनको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उनी मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्छन् ।

“बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् । श्रीमतीलाई घरको काम ठिक्क हुन्छ”, उनले भने, “हामी बर्सेनि यसैगरी मह निकाल्ने र बिक्री गर्दै गाउँगाउँ पुग्ने गरेका छौँ । अरु आम्दानीको कुनै बाटो हामीसँग छैन ।”

कैलालीको जोशीपुर, लम्की, भजनी, बर्दियाको राजापुरलगायत क्षेत्रमा भिरमाहुरीको मह काढ्दै नीरज टीकापुर पुगेका छन् । उनी मात्र नभइ उनको समूहमा १२ छन् । उनीहरुले साँझ बिहान मह काढ्ने र दिउँसो त्यही मह बिक्रीका लागि गाउँगाउँ डुल्ने गरेका छन् ।

भिरमाहुरीले ठूला रुखमा, अग्लो र अप्ठ्यारो ठाउँमा घार बनाउने भएका कारण मह निकाल्न ज्यानको बाजी नै लगाउनुपर्ने रावतले बताए । उनले कोरोना महामारीका कारण यस वर्ष विगतजस्तो मह निकाल्ने काम गर्न नसकेको बताउँदै मह निकाल्न ढिलो हुँदा सोचेजस्तो आम्दानी नभएको बताए ।

“हाम्रो व्यवसाय नै यही मह काढ्ने हो । हामी असोजदेखि चैतसम्म मह काढ्दै, बेच्दै आएका छौँ”, उनले भने, “यहीबाट हामीले घर व्यवहार चलाएका छौँ । ज्यान जोखिममा राखेर मह काढ्ने गरेका छौँ ।” एउटा घारबाट दुईदेखि १० केजीसम्म मह उत्पादन हुने गरेको नीरज बताउँछन् । उनले सम्बन्धित क्षेत्रसँग समन्वय गरी अधियाँमा मह काढ्ने गरेको बताउँदै त्यसबाट राम्रो आम्दानी हुने गरेका बताए । “हामी माहुरीको शुद्ध मह उत्पादन गरी गाउँगाउँमा गएर बिक्री गर्ने गरेका छौँ”, उनले भने, “प्रतिकेजी रु ७०० देखि ९०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”

यही पेशामा रहेका जगदीश जयसवालको परिवारमा १० सदस्य छन् । उनको आम्दानीको स्रोत त्यही मह नै हो । वर्षको करिब छ महिना मह निकाल्न दौडहामा निस्कने उनी यही मह बिक्री गरेर कमाएको पैसाले छोराछोरीको पढाइलेखाइसँगै घर खर्च पनि चलेको बताउाछन् ।

“कामका लागि जति दौडधुप गरे पनि काम पाइँदैन र आफूसँग अरु सीप पनि छैन”, उनले भने, “जेजति सिकियो, भिर, रुख तथा अन्य कठिन ठाउँमा गएर मह निकाल्न सिकियो । त्यही सीप लिएर देश दौडहामा निस्कने गरेका छौँ ।”

दुईदेखि तीन हजारभन्दा बढी घार मह निकाल्ने तयारी रहेको उनले बताए । “मह निकाल्न अझै धेरै बाँकी छ । तर चिसो बढेका कारण माहुरीले घर छाड्दै जाँदा उत्पादनमा कमी देखिएको छ ।” उनले भने, “अब हामी यो क्षेत्र छाडेर भित्री मधेशतिर जान्छौँ । पुनः माघको अन्तिमसम्म मह निकाल्न फेरि आउँछौँ ।” रासस

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ६ : ४० बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य